दाङमै पहिलो पटक दंगीशरणमा आधुनिक गर्भनिरोधक सेवा शुरु

दाङ १५ वैशाख ।

दाङ जिल्लामै पहिलो पटक दंगीशरणमा आधुनिक गर्भनिरोधक सेवा शुरु भएको छ । आधुनिक गर्भनिरोधक साधनको रुपमा दाङका १० वटा पालिका मध्य दंगीशरण गाउँपालिकामा पहिलो पटक सायना प्रेश (D.M.P.A-SC) गर्भनिरोधक सुइको सेवा सुरु भएको हो । स्वास्थ्य साखा दंगीशरणको आयोजनामा सायना प्रेश सेवा संचालन तथा विस्तार सहजीकरण सामाग्री बारे आज प्रशिक्षण कार्यक्रम समेत गरिएको छ । २०७७/०७८ मा सिन्धुलि र नवलपरासीमा परीक्षणको रुपमा लागु भएको सायना प्रेश सुइ अहिले दाङमा पहिलोपटक दंगीशरणमा सेवा शुरु गरीएको पालिकाले जनाएको छ ।

आज एक कार्यक्रमका बिच दंगीशरण भित्रका सवै स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाइ सायना प्रेश सुइको प्रयोग र यसका फाइदाहरुका वारेमा जानकारी गराइएको छ । सो अवसरमा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले आधुनिक प्रविधिको विकास सङ्गै सजिलो र सहज तरीकाको अस्थायी गर्भ निरोधक साधनको रुपमा सायना प्रेश सेवा दाङ्ममै पहिलो पटक दंगीशरणमा सुचारु गर्न पाउदा आफु धेरै खुसि भएको बताउनुभयो । आफु निर्वाचित भएर आइसकेपछी स्वास्थ्य र शिक्षालाइ प्राथमिकतामा राखि काम गरिरहेको समेत उहाँले बताउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर