गजल महफिल हुने

कपिल लामिछाने,तुलसीपुर
४- कात्तिक / गजल अभियान दाङले यहीँ कात्तिक ९ गते शनिबार तुलसीपुरमा गजल महफिल एवम् श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । गजलको बिकास र दाङलाई गजल लेखनको राम्रो पकड ठाँउ बनाउनका लागी गजल महफिल कार्यक्रम हुने भएको हो ।

\गजल अभियान दाङका अध्यक्ष प्रवल विष्टको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यक्रमा दाङमा बसेर गजलको क्षेत्रमा कलम चलाउदै आएका ६ जना गजलकारहरुका महफिलमा गजलहरु गुन्जिने छन् । कार्यक्रममा गजलकारहरु नारायण नेपाल, सन्तोष श्रेष्ट, ऋषी सुदामा, बसन्त वली, कपिलमणी र हिमा भुसाल प्रकृतिले गजल महफिलमा सहभागिता रहने छ ।

कार्यक्रममा संस्थागत रूपमा लेखक संघका अध्यक्ष खगराज न्यौपाने त्यसैगरि गजलकार कपिल लामिछाने र प्रतिक संग्रामीले स्थापना गरेको ठाकुर प्रसाद लामिछाने गजल लेखन पुरस्कारबाट गजलकार उत्तम कृष्ण मज्गैया र पानसरी(मनबिर गजल संगीत पुरस्कारबाट डा. गोबिन्द आचार्य लाई सम्मान गर्ने पुरस्कार छनोट समितिका संयोजक प्रकाश केसीले जानकारी दिए कार्यक्रममा सहभागिताका लागी पनि सबै साहित्य अनुरागी मनहरु, लेखकहरु, पत्रकारहरु लगाएत सबै जनमानसमा हार्दिक अनुरोध समेत गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर