गुरु जजुर ६५ बर्षमा

आशिष केसी

तुलसीपुर, ११ फागुन ।

तुलसीपुर उपमहानगरपालीका ४ रक्षाचौर स्थित गुरु जजुर नमुना माविको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रनव कुमार खड्काको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा सांसद केसीले मुलुकको समृद्धिको आधार नै शिक्षा भएको बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिगर्न तथा पूर्वाधार विकासकालागि केन्द्रबाट पहल थाल्ने समेत बताए । पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको गुनासो आईरहेका बेला गुरु जजुरले गुणस्तरीय शिक्षा दिएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने प्रतिबद्धता जनाए । उनले गुरुजजुरमा पिएचडीसम्म अध्यापन गराउनकालागि पूर्वाधार तयार पार्ने योजना बनाएको समेत बताए ।

कार्यक्रममा शिक्षा शाखा संयोजक शिशिर खनाल, शिक्षा समिति संयोजक देवराज विश्वकर्मा, वडा न. ४ का अध्यक्ष बालकृष्ण राणा, विद्यालय व्यवस्थापन समितिका पूर्वध्यक्ष सुरेन्द्र खड्का, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, विद्यालयका पूर्व लेखापाल धु्रवराज न्यौपानेलगायतले मन्तव्य ब्यक्त गरेको थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीले प्रस्तुत गरेकी थिईन् । शिक्षिका शुशिला सुवेदीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण

शिक्षक लेवेन्द्र केसी र घनश्याम डाँगीले गरेका थिए ।

५ जना सम्मानित

वार्षिकोत्सवको अवसरमा ५ जनालाई सम्मान गरिएको छ । आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेको भन्दै विद्यालयका पूर्व प्रधानाध्यापक प्रमोद आचार्य, उत्कृष्ट शिक्षिकाको रुपमा ईन्दु केसी, लक्ष्मी अधिकारी, सोभानाकुमारी केसी, पूर्व विद्यार्थी मानबहादुर केसी लाई सम्मान गरिएको थियो ।

दृष्टिविहीनलाई सहयोग

विद्यालयको वार्षिकोत्सवको अवसरमा साईन रेशुङ्गा बैंक तुलसीपुर शाखाले दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत ३५ जना दृष्टिविहीनलाइ विद्यार्थीलाई विद्यालय पोशाक र १८ थान झुल वितरण गरिएको हो । शाखा प्रतिनिधि राजीव वलीलगायतले सो सामग्री हस्तान्तरण गरेका हुन् । विद्यार्थिहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्ेश्यले सहयोग गरेको उनले बताए ।

सिर्जु अधिकारीको प्रस्तुती

कार्यक्रममा गायीका तथा मोडल सिर्जु अधिकारीले आफ्नो प्रस्तुती राखेकी थिईन् । उनले आफ्ना गीत तथा नाच प्रस्तुत गरेकी थिईन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर