चालु आर्थिक वर्ष देखि हालसम्म ६ वटा बाघ मृत अवस्थामा भेटिए


चितवन बैशाख २७, – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा बाघ मृत अवस्थामा भेटिएका छन । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीकाअनुसार चालु आर्थिक वर्षमा विभिन्न क्षेत्रमा गरी ती बाघ मृतावस्थामा भेटिएका हुन । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उहाँले बताउनुभयो । मृत भेटिएका सबै बाघ प्राकृतिक कारणले मरेको उहाँले बताउनुभयो ।

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गर्ने गस्ती बढाएसँगै यस वर्ष निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी मात्रामा मृत भेटिएका हुन । उहाँका अनुसार पछिल्लो समय निकुञ्जमा हुने चोरी शिकार नियन्त्रणका लागि गस्ती बढाइँदै जाँदा मरेको अवस्थामा बाघ धेरै भेटिएका हुन ।

गएको आर्थिक वर्षमा निकुञ्जमा तीन वटा बाघ मृत भेटिएका थिए । सन २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर