तुलसीपुर नगर जेसीजद्धारा प्रेस विज्ञप्ती जारी

जेठ १५ दाङ ,

“एउटा व्यक्ति सवल र सक्षम बन्नका लागि उसले प्राप्त गर्ने शिक्षा, नैतिकता र चेतनामा भर पदर्छ ।” तर नेपाललाई छुवाछुत मुक्त घोषणा गरेको १३ वर्ष वितिसक्दापनि व्यवहारमा भने छुवाछुत र विभेद भने छुटन सकेको छैन । अन्तर्रजातिय विवाहको विषयलाई लिएर जेठ १०, २०७७ मा रुकुम पश्चिममा भएको अमानविय घटनाले तुलसीपुर नगर जेसीजको गम्भिर ध्यानाकर्षण भएको छ । 

संयूक्त राष्ट्रसंघले विश्वमा भएको जातीय विभेद उन्मुलन गर्न २१ डिसेम्बर १९६५ मा सबै किसिमको “जातीय उन्मुलन गर्ने सम्बन्धि अन्तराष्ट्र्रिय महासन्धी – १९६५” महाशभाद्वारा पारीत ग¥यो र संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् १९७१ जनवरी ३१ अर्थात २०२७ माघ २७ मा यो महासन्धिलाई अनुमोदन गरेको तथ्य मात्र नभई, जनआन्दोलनद्वारा पुनःस्थापित प्रतिनिधिशभाले नेपाललाई २०६३ जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो।

त्यो भन्दा पनि वलियो आधार संघिय गणतान्त्रिक राष्ट्र नेपालको संविधान – २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा २४ को छुवाछुत तथा भेदभाव विरुद्धको हकमा “उत्पत्ति, जात जाति वा शारीरीक अवस्थाको आधारमा कुनै पनि व्यक्ति वा समूदायलाई उच्च वा निच दर्शाउने जात जाती वा छुवाछुतको आधारमा सामाजिक भेदभावलाई न्यायोचित ठान्ने वा छुवाछुत तथा जातिय उच्चता वा घृणामा आधारीत विचारको प्रचार प्रसार गर्न वा जातिय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न पाईने छैन” भनि स्पष्ट व्यवस्था गरीएको छ । उक्त घटना समाजमा जातिय विभेदलाई निर्मूल पार्न संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा जातिय भेदभाव विरुद्धको हक, समानताको हक,  सम्मानपूर्वक वाच्न पाउने हक, जातिय तथा सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन तथा सबै किसिमका जातिय भेदभाव उन्मुलन सम्बन्धि अन्तराष्ट्रिय महासन्धि विपरीत रहेको छ ।

उक्त घटनामा हत्या गरीएका नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनारको हत्या भएको र अन्य २ जना अझै बेपत्ता रहेकोमा उक्त घटनामा मारीएका व्यक्तिको परिवारलाई तत्काल राहात र उचित क्षतिपूर्ति दिन तथा बेपत्ताको यथा सिघ्र खोजिकार्य गरी सोको निश्पक्ष छानविन गरी दोषि उपर कानुनमा तोकेबमोजिम कार्यबाही को माग वुलन्द गर्दछौ । साथै जातिय छुवाछुतको सवाललाई शुन्य सहनसीलता प्रभावकारी रुपमा कार्यन्वयन गरीयोस भनि सम्बन्धित निकायको ध्यानाकार्षण गराउदछौ ।

महासचिव                                                           अध्यक्ष                                            

कशब राज के.सि.    मोहन सुनार

एवं तुलसीपुरनगर जेसिज परिवार ।। तुलसीपुर, दाङ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर