कोहलपुरमा नमुना नगर सभा अभ्यास गरीदैँ

कोहलपुर बाँके वैशाख २५– ‘‘अवसर हामीलाई दिनुहोस परिवर्तन सबैका लागि ल्याउनेछौं” भन्ने मूल नाराका साथ कोहलपुरमा नमुना नगर सभा अभ्यास हुने भएको छ । कोहलपुर नगर युवा क्लव सञ्जालले यही वैशाख २८, २९, ३० र ३१ गते उक्त नगर अभ्यास गर्ने भएको हो ।

उक्त नमुना नगर सभामा युवा महिला, शिक्षक, पत्रकार र क्लवका प्रतिनिधिहरुको सहभागि रहने छ भने सभामा २ वटा नमुना विधयक पेश गर्दै संसदिय अभ्यास गरिने कोहलपुर नगर युवा क्लव संञ्जालका अध्यक्ष रमेश वरले जानकारी दिनु भएको छ ।

कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र अन्य दात्री निकायको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरीएको उहाँले पत्रकार सम्मेलन मार्फत जानकरी दिनु भएको छ ।
नमुना नगर सभामा कोहलपुर नगर भित्र नयाँ रचनात्मक के कस्ता काम गर्न सकिन्छ भन्ने मुद्धामा सभा केन्द्रित हुनेछ भने युवाहरुलाई नेपालको संसदिय अभ्यास प्रक्रियाबारे जानकारी दिइने अध्यक्ष वरले जानकारी दिनु भयो ।

स्थानिय युवाहरुका मुद्धा स्थापित गर्न र हरेक क्षेत्रमा युवा सहभागिताको सुनिश्चितता गर्दै समाजमा ब्याप्त बिक्रिति विसंगतिका विरुद्ध जागरुक वनाउन समेत सभाले सहयोग पु¥र्याउने पत्रकार सम्मेलनमा वरले जानकारी दिनु भयो

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले युवाहरुले गर्ने हरेक सामाजिक कार्यमा आफुले साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । युवाहरुको सहभागितावाटै समाज परिवर्तन सम्भव रहेको बताउदै संगठनका क्रियाशिल युवाहरु नै भोलि नेतृत्व लिने ठाउँमा हुने बताउनु भयो ।

युवा संजाल कोहलपुर अत्यन्त क्रियाशिल रहेको यसले गर्ने क्रियाकलापले पालीकाको कार्यलाई सहयोग पुगेको अनुभुती भएको बताए साथै पालीकामा रहेको बजेट विनियोजन गर्ने क्रममा युवा हरुको भावनालाई समेट्ने गरी कार्य गर्ने प्रतिबद्धता जनाउनु भयो ।

नमुना नगर सभामा कोहलपुर नगर भित्र नयाँ रचनात्मक के कस्ता काम गर्न सकिन्छ युवामैत्रि निति कार्यक्रमहरुको सुनिश्चीतता कसरी गर्न सकिन्छ साथै स्थानिय तहमा वजेट निर्माणमा युवाहरुको सहभागिता कसरी गर्न सकिन्छ भन्ने विषयमा सभा केन्द्रित हुने र उपस्थीत युवाहरुलाई नेपालको संसदिय अभ्यास प्रक्रियावारे उक्त नमुना नगर सभामा छलफल हुने भएको छ । कोहलपुर नगरपालिकाको २ लाख सहयोगमा गरीने उक्त नमुना नगर सभामा ६५ जना भन्दा धेरै प्रतिनिधि युवाहरुको सहभागिता रहने भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर