गोली चलाएर लागुऔषध कारोबारी पक्राउ


कोहलपुर बाँके वैशाख २७,- बाँकेमा गोलि चलाएर लागुऔषध कारोबारी गर्ने जनालाई पक्राउ गरीएको छ । जानकी गाउँपालिका वडा न ६ रिहार बस्ति मा गोली चलाएर लागुऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरिएको छ । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोली र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलिले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।

डिएसपी भण्डारीका अनुसार, कारोबारी सुशील परियारलाई गोली चलाएर नियन्त्रणमा लिइएको हो । परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर