कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालीकोट बैशाख १३, – कालीकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सडक निर्माणका क्रममा अनियमितता गरेको भन्दै आयोगले शाही, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सब–इन्जिनियर हरिप्रसाद पाण्डेय, लेखापाल मलिम रावत, महावै–३ का तत्कालीन वडाध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले, सचिव दधि कामीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

सडक निर्माणमा तोकिएअनुसार काम नगरि ३८ लाख ७६ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । अख्तियारले तत्कालीन उपाध्यक्ष र वडाध्यक्षबाहेक अन्य सबैबाट ३८ लाख ७६ हजार रुपैयाँ मागदाबी गरेको छ । तत्कालीन उपाध्यक्ष शाही र ३ नम्बरका वडाध्यक्ष सिंहका लागि भने सजायमात्रै माग गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर