जियो कृषि एपले किसानलाई सहज

कोहलपुर बाँके वैशाख १२– जियो कृषि एपले हरेक उत्पादक÷कृषकको परिचय, खेतको जानकारी र बाली उत्पादन गर्ने योजनाको आधारमा प्रोफाइल तयार पार्दछ । उत्पादकको खेत मा कुन बाली उत्पादन गर्दा सुहाउने देखी त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता आवश्यक सम्पूर्ण जानकारी पुर्याउने काम गर्दछ ।

यस्तै किसानाई सुचनामा पहुँच पुर्याउने उदेश्यले बैजनाथ गाउँपालिकाले जियो कृषि एप संचालनमा ल्याएको छ । जसले गर्दा यहाँका किसान लाभाम्बित भएका छन् । एप प्रयोग गरिरहेका अगुवा किसानहरुले आफूहरूका लागि यो प्रविधि निकै उपयोगी र आवश्यक रहेको बताएका छन् ।

बैजनाथ गाउँपालिका वडा नं। ८ का सुमन चौधरी जियो कृषि एपमा जोडिनु भएको छ । जियो कृषि एप पालिकाले संचालनमा ल्याएबाट सुचना, कृषि सम्बन्धि विभिन्न जानकारी सहजै रुपमा प्रप्त गर्न सकेको बताउनु हुन्छ ।

पहिले कृषि सम्बन्धि केही जानकारी प्राप्त गर्नको लागि पालिका नै धाउन पर्ने बाध्यता थियो, ‘‘एका तिर समयको खेर जान्थ्यो अर्को’’ तिर खेत बारीमा समय दिन पाइन्थेन तर अहिले जियो कृषि एप संचालन भए बाट कृषि सम्बन्धि हरेक जानकारी सहजै रुपमा आफ्नो मोबाइलमा प्राप्त गर्न सकिने सुमन चौधरीले बताउनु भयो ।

कहिलेकाहीँ अलमलमा पर्दा जियो कृषि एपबाट जानकारी लिएर गर्न सकिने सोहि वडाका अशोक चौधरीले बताउनु भयो । उहाँले भन्नु भयो कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्त भएको उहाँको भनाइ रहेको छ । पालिकाले जियो कृषि एप ल्याए बाट हामीले कुनै किसिमको समस्या भोग्न नपरेको चौधरीले बताउनु भयो ।

बैजनाथ गाउँपालिकाले जियो कृषि एप मार्फत किसानलाई जोड दिएको छ । किसानलाई कृषि सूचना प्रविधिमा पहुँचमा पुर्याई उनिहरुको गुनासो सहजै प्राप्त गर्नका लागि जियो कृषि एप संचालनमा ल्याएको छ ।

कृषि उत्पादन र कृषकको उत्पादकत्व बढाउने उद्देश्यका साथ संचालग गरीएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिनु भयो । यो एपबाट कृषि सूचना तथा प्राविधिक परामर्श सेवा समेत प्रवाह गर्न उहाँले स्पष्ट पार्नु भयो ।

किसानलाई मोबाइल एपमै विज्ञहरूको सेवा समेत उपलब्ध गराएको बताउँदै ‘बाली रोपाइँदेखि कटाइसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ,’ उहाँले भन्नु भयो अहिले यहाँका किसानले जिओ कृषि एप मार्फत किसानले बढीभन्दा बढी फाइदा लिइरहेको बताउनु भयो । बैजनाथ गाउँपालिकाका क्षेत्रका २ हजार ६ सय जना किसान आबद्ध भइसकेको कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी दिनु भयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर