इंग्लिस प्रिमियर लिगमा लुटन टाउनलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा

काठमाण्डौ चैत २२ – इंग्लिस प्रिमियर लिगमा लुटन टाउनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा गएराति भएको खेलमा लुटन टाउनलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले खेलको २४ औँ मिनेटमा गोल गरेका थिए । यस्तै लुटनका दइकी हाशिओकाले ४४औँ मिनेटमा आत्मघाती गोल गर्दा आर्सनलले अग्रता दोब्बर बनाएको थियो । यो जितसँगै आर्सनल ३० खेलमा ६८ अङ्कका साथ पहिलो स्थानमा छ ।

यसैबीच, गएराति भएको अर्को खेलमा म्यानचेष्टर सिटीले एस्टन भिल्लालाई ४–१ ले हराएको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा म्यानचेष्टरका लागि रोड्रीले ११ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका खेलमा फिल फोडेनले ह्याट्रिक गरका थिए । एस्टन भिल्लाका लागि जोन डुरानले एक गोल गरेका थिए । प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ६७ अङ्कका साथ दोस्रो स्थानमा छ भने ३० खेलमा ६७ अङ्क जोडेको सिटी गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर