आज बाट कक्षा १२ को परीक्षा शुरु

काठमाण्डौ बैशाख १४, – कक्षा १२ परीक्षा देशभर एकैसाथ शुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सञ्चालन हुनेछ । यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी भएका छन् ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी रहेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

सबैभन्दा बढी काठमाण्डौमा एक सय ४४ र मनाङरमुस्ताङमा एकरएक वटा परीक्षा केन्द्र निर्धारण भएकोे छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित प्रक्रियाबाट काठमाण्डौका परीक्षा केन्द्र निर्धारण गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर