प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायो


एजेन्सी बैशाख ४, – इङ्ग्लिस प्रिमियर लिग ९ईपीएल० फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ । गए राति घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायो । चेल्सीका कोले पाल्मरले चार गोल गरे ।-

पाल्मरले खेलको १३ औँ, १८ औँ, २९ औँ र ६४ औँ मिनेटमा गोल गरे । त्यस्तै निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले १र१ गोल गरे ।

यो जितसँगै चेल्सी तालिकाको ९ औँ स्थानमा यथावत् छ । उसको ३१ खेलमा ४७ अङ्क रहेको छ । एभर्टन ३२ खेलमा २७ अङ्कका साथ १६ औँ स्थानमा छ । प्रिमियर लिगमा ३२ खेलमा ७३ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर