कोहलपुर नगरपालिकाको ११ औँ स्थापना दिवस भव्यताका साथ सम्पन्न


कोहलपुर बाँके वैशाख २५– कोहलपुर नगरपालिकाले आज आफ्नो ११ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । स्थापना दिवसको अवसरमा तीन दिन सम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो स्थापना दिवस मनाएको हो । कोहलपुर नगरपालिकाले स्थापना दिवसको अवसरमा आज विहान ६ बजे कोहलपुर नगरपालिकाबाट सुरु गरीएको प्रभातफेरी कोहलपुर खुल्ला मन्चमा आएर कोण सभामा परिणत भएको थियो ।

उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेश क्षेत्र नं. १ का संघिय माननिय सांसद सुर्य प्रसाद ढकालले कोहलपुरको समग्र विकासका निम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । कोहलपुर बनाउनको लागि राष्ट्रको ध्यान खिच्न सक्नुपर्ने धारणा राख्दै यहाँको समग्र विकासका निम्ति जनताले जनप्रतिनिधिहरुलाई साथ दिनुपर्नेमा उहाँको भनाइ रहेको थियो ।

राजनैतिक परिवर्तन ल्याउन केहि दल ब्यक्तिले संभव भएपनि सामाजिक आर्थिक परिवर्तन र विकासका निम्ति सवै जनता, दल र क्षेत्रको महत्वपुर्ण भुमिका अपरिहार्य रहेको औंल्याउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढकालले समाज परिवर्तनका निम्ति हामीले जहावाट भुमिका खेलिरहेका छौं त्यहाँ हामीले कत्तिको ईमान्दारीता र जवाफदेहिता दिईरहेका छौं भन्ने कुराले ठुलो महत्व राख्ने बताउनुभयो ।

ढकालले कोहलपुर नगरपालिका शैक्षिक, स्वास्थ खेलकुद र पर्यटकिय संभावना बोकेको शहर हो तर यस दिशातर्फ जान हामी के कुरामा अलमलमा परेका छौं उक्त कुराको पहिचान गर्दै सबै सरोकारवाला मिलेर एक्यबद्धता र प्रतिबद्धता गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

यस्तै लुम्विनी प्रदेशका माननिय सांसद कृष्ण केसि नमुनाले हामी सबैको एउटै उदेश्य रहेको औंल्याउदै कोहलपुरलाई कसरी संबृद्द बनाउन सकिन्छ र यहाँको बिकासका कुराहरुलाई कसरी केन्द्रित गर्न सकिन्छ भन्ने बिषयमा सबै पक्षको एकै स्वर र एकै बोली हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पश्चिम् नेपालको केन्द्र बिन्दुमा रहेको कोहलपुरमा अथाह संभाबनाहरु रहेको औंल्याउदै प्रयाप्त ती संभाबनाहरुलाई राजनैतिक रुपमा एक्यवद्धताको मात्र खाँचो रहनेमा जिकिर गर्नुभयो ।

कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यले आफु जनप्रतिनिधि भएर पनि कोहलपुरको विकासमा खासै सन्तुष्टि नभएको बताउदै कोहलपुरको विकासको निम्ति सम्पुर्ण कोहलपुर बासिन्दाहरु एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले कोहलपुरमा राम्रो कामको प्रशन्सा गर्नु भन्दा नराम्रो काम खोतल्दै बिरोध सिर्जना गर्ने प्रवृति बढेको हुँदा यि सब कुराले बिकासमा अवरोध सिर्जना गरेको बताउनु भयो ।
प्रभात फेरि सहित नगर परिक्रमा गरि सुरु गरिएको समारोहमा कोहलपुर नगरपालिका भित्रका बिभिन्न समुदायको सस्कृति झल्कने सास्कृतिक कार्यक्रम र झाकि मार्फत सन्देशमूलक र जनचेतना मुलक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर