भोलिदेखि जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्द हुने


बैशाख २२ काठमाण्डौ – जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने भएको छ । भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर भोलि आइतवारदेखि आउँदो मंगलवारसम्म जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध सूचनामा उल्लेख छ ।

भारतको मधुवनी जिल्लाको झंझारपुर संसदीय क्षेत्रमा मे ७ तारिख मंगलवार लोकसभाको चुनाव हुँदैछ । चुनावको सुरक्षालाई देखाएर भारतीय पक्षले आज मध्यरातिदेखि आउँदो मंगलवार मध्यरातिसम्म नेपाल भारत सीमा क्षेत्रको नाका बन्द गर्ने निर्णय गरेको छ । भारतको यो निर्णयका कारण आइतवारदेखि मंगलवारसम्म रेल्वे सेवा बन्द हुने भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर