राप्तीसोनारी र नरैनापुरमा बजार अनुगमन तिव्र, अखाद्य सामान नष्ट


कोहलपुर बाँके वैशाख २२, बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका क्षेत्रमा बजार अनुगमनको क्रममा दैनिक उपभोग्यका सामानहरु खान नहुने अवस्थामा फेला परेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायहरु समेतको सहभागितामा राप्तीसोनारी क्षेत्रका १७ र नरैनापुर क्षेत्रका ९ गरी २६ वटा ब्यवशायहरूको स्थलगत अनुगमन गर्दा खान अयोग्य सामानहरु फेला परेको हो ।

राप्तीसोनारी र नरैनापुर गरी २६ वटा व्यवसायमा अनुगमन गर्दा ३ वटा व्यवसाय र एक जना घुमिफिरी बेचिरहेको चिनिपानीमा कैफियत पाइएको र अन्य २२ वटा व्यवसायीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रशंसा पाउरोटी उद्योगलाई तत्काल रू २००००र( जरिवाना गरी खान नहुने अवस्थामा रहेको १२ प्याकेट दाम्ले मिठाई रू ७२०र( मूल्य बराबरको सामान जफत गरी नष्ट गरी अनुज्ञा पत्र लियर मात्र उद्योग संचालन गर्न निर्देशन दिइएको प्रशासनले जनाएको छ।

यस्तै हिमशिखर तन्दुरी होटल लाई बिल विजक बिना कारोबार गरेकोले तत्काल रू ५०००र( जरिवाना गरीएको र सिटी बेकरी उद्योगमा रहेको खान अयोग्य रङ मिसिएको फेलेवर चिनिपानी १५० वटा रू ७५०र( मूल्य बराबरको जफत गरी नष्ट गरिएको छ ।

यसैगरी घुमिफिरी बेचिरहेको ९धन बहादुर बिष्टले ० खान अयोग्य रङ मिसिएको फेलेवर चिनिपानी ११४०वटा रू ५७००र( मूल्य बराबरको जफत गरी नष्ट गरिएको बाँके प्रशासनले जनाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर