कोहलपुर-नेपालगन्जमा तुवालो


कोहलपुर बाँके वैशाख २१, बाँकेमा वायु प्रदूषण आज उच्च देखिएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण आज उच्च अवस्थामा पुगेको छ। कोहलपुर क्षेत्रमा दुई सयम मिटर अगाडिको दृष्य समेत देखिएको छैन ।

नेपालगन्ज आसपासको क्षेत्रमा पनि उस्तै अवस्था रहेको पाइएको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्न सक्ने देखिएको छ । हिउँदे सुक्खायाम र चिसोसँगै बढ्दै गएको प्रदूषण वर्षा भएपछि मात्र केही मत्थर हुने विज्ञहरु बताउँछन्।

उच्च हुँदै गएको वायु प्रदूषण रोक्न सक्ने अवस्था नहुने बताइएको छ ।हिउँदे सिजनको वर्षा नभएकाले पनि बाँकेमा वायु प्रदूषण उच्च बनेको हो। आकाशमाथि प्रदूषित वायु जान नसकेपछि त्यो तुवाँलो बनेर आकाशमण्डलमा रहिरहँदा धर्तीमा बहने हावामा स्वच्छता कम हुँदै जान्छ।

मौसमको अर्को कारणमा पश्चिमी वायु सक्रिय रहेकाले त्यो वायु पूर्वबाट आउनेभन्दा तल्लो वायुमण्डलबाट आउने गर्छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर