हमासद्वारा दुई जना इजरायली बन्दी सार्वजनिक


एजेन्सी बैशाख १६,- प्यालेस्टिनी बिद्रोही समूह हमासले थप दुई जना बन्दीहरु सार्वजनिक गरेको छ । ती बन्दीहरु जीवित रहेको प्रमाण स्वरूप हमासले भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ । दुबै जनालाई अक्टोबर ७ का दिन हमासले आक्रमण गरेपछि बन्दी बनाइएको थियो ।

भिडियोमा ओमिर मिरनले आफू दुई सय दुई दिनदेखि बन्दी भएको बताउनुभएको छ । भिडियो सार्वजनिक हुनुभन्दा केही समय अघि मात्रै रेकर्ड गरेको पाइएको इजरायली अधिकारीले बताएका छन् ।

अहिले इजरायलको तेल अभिभमा बन्दी रिहाइका लागि प्रयास गर्न ठूलो प्रदर्शन भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्दीको रिहाइका लागि आफूहरु वार्तामा रहेको भन्दै आफूहरुले सबै उपाय प्रयोग गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर