नेविसंघले बुझायो बैजनाथ गाउँपालिका सहित ७५३ वटै पालिकामा ज्ञापनपत्र

कोहलपुर बाँके वैशाख ७– नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा बैजनाथ गाउँपालिका लगायत सात सय ५३ स्थानीय तहमा १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापन पत्रमा शिक्षा क्षेत्रको सुधारका विषयहरू उल्लेख गरिएको छ ।

एउटै विद्यालयमा एउटै विद्यार्थीले पटकपटक भर्ना गर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिएको छ । निजी विद्यालयको छात्रवृत्ति वितरणमा एकरुपता ल्याई पारदर्शी प्रभावकारी र वैज्ञानिक बनाउन छात्रवृत्ति पोर्टल बनाउन माग गरिएको छ ।

नेपालको शैक्षिक क्षेत्रमा देखिया त्रुटिहरु तथा साझा समस्याहरु निजि तथा संस्थागत विद्यालयहरुमा देखियका शैक्षिक विकृति विसंगतिहरुलाई अनत्य गर्ने उद्देश्यले देशभर ज्ञापनपत्र बुझाएको नेविसंघ केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाको भनाइ छ ।

सोही अवसरमा बाँकेको बैजनाथ गाउँपालिकामा नेविसंघ केन्द्रिय प्रतिनिधिका रुपमा आएका युवराज विष्टको अध्यक्षतामा उक्त गाउँपालिकामा १७ बुँदे माग सहितको ज्ञापनपत्र बुझाईएको छ ।

केन्द्रिय प्रतिनिधि विष्टले विद्यार्थीलाई विभिन्न बहानामा दिइने यातनाहरु रोक्न नेविसंघ निर्मम भएर आन्दोलनको मोर्चामा उभिने बताएका थिए ।

त्यसैगरि पालिका प्रमुख, उप(प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई स्थानीय विद्यार्थीलाई मध्यनजर गर्दै केन्द्रिय प्रतिनिधि युवराज विष्टले बैजनाथ गाउँपालिकामा एउटा राम्रो बहुमुखी क्याम्पस आवश्यक रहेको भन्दै लामो समयसम्म वैज्ञानिक आधार र त्यहाँको स्रोतको अवस्थाका विषयमा छलफल गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत र पालिका प्रमुख ज्युले ज्ञापन पत्रमा उलेखित मागहरूलाई अर्थिक बजेट अधिवेशनमा रातो बुकमा योजना निर्माण गर्ने र कार्यन्वयनमा ल्याउने उल्लेख गर्नु भयको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर