रेडियो तथा टेलिभिजनको स्वतःरद्द भएका इजाजतपत्र वा अनुमतिपत्र नवीकरणका लागि विभागको आग्रह

काठमाण्डौ चैत ३, — सूचना तथा प्रसारण विभागले रेडियो तथा टेलिभिजनको स्वतःरद्द भएका इजाजतपत्र वा अनुमतिपत्र नवीकरणका लागि आग्रह गरेको छ ।

गएको फागुन २१ मा प्रकाशित सूचनाअनुसार राष्ट्रिय प्रसारण नियमावली २०५२ को १२ औं संशोधनबाट मूल नियमावलीको नियम १६ मा संशोधन भएअनुसार इजाजतपत्र वा अनुमतिपत्र नवीकरण नगरेका आफैँले कार्यक्रम उत्पादन गरी भू–सतही, भू–उपग्रह वा केबुलको माध्यमबाट प्रसारण गर्ने टेलिभिजन वा एफएम रेडियो प्रसारण गर्ने संस्थाले नवीकरण गर्न चाहेमा ३० दिनभित्र निवेदन दिन सक्ने व्यवस्था छ ।

व्यवस्थाअनुसार अहिलेसम्म नवीकरण नगराई स्वतःरद्द भएका इजाजतपत्र वा अनुमतिपत्रप्राप्त संस्थाहरुले नवीकरणको लागि अनुसूची–८ अनुसारको ढाँचामा कागजातसहित यहि चैत २० गते भित्र विभाग वा विभागको आधिकारीक मेलमार्फत निवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

अन्तिम पटक नवीकरण भएको खुल्ने इजाजतपत्र वा अनुमतिपत्रको प्रतिलिपी, लेखा परीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र, कम्पनी अध्यावधिक, संस्थादर्ता प्रमाणपत्र नविकरण भएको प्रमाणपत्रसहित निवेदन पेश गर्न सकिनेछ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर