कांग्रेस परित्याग गरि नेकपामा प्रवेश

घोराही, २ माघ ।

दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ मा नेपाली काँग्रेसका २२ जना कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।

जित बहादुर महरा, प्रेम बहादुर महरा, हुकुम बहादुर डाँगी टिकाराम बस्नेत, कविराम महरा, गोविन्द महरा, इश्वर डाँगी, डोम बहादुर बुढाथोकी, धन बहादुर महरा, घनश्याम महरा, डोम बहादुर जीसी, घनश्याम जीसी, प्रेम बहादुर जीसी, ठगिराम जीसी, मुकेश जीसी, नम बहादुर विक, डेमलाल जीसी, कुमारी नेपाली, इमान जीसी, युवराज जीसी, डिल बहादुर महरा, रमेश डाँगीलगायत नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुले नेपाल कम्युनिष्ट पार्टीनै नेपाली जनताको सच्चा अविभावक भएको भन्दै नेकपामै बसेर समाजसेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बंगलाचुली ३ का वडा सदस्य मेद बहादुर जीसीको अध्यक्षता तथा बंगलाचुली अध्यक्ष भक्त बहादुर जीसीको प्रमुख आतिथ्य एवं बंगलाचुली ३ का अध्यक्ष शोभाराज विश्वकर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

नेकपा बंगलाचुली ३ वडा सदस्य यम बहादुर जीसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेकपाका युवा नेता टेक बहादुर थापाले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर