भोलिको शनिबार पनि बैंक खुला गर्न निर्देशन
काठमाडौं, २४ पुस ।
नेपाल राष्ट्र बैंकले भोलिको शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।
राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले आजै सूचना प्रकाशित गरेर भोलि दिउँसो बैंक खुला रहने जानकारी गराएका छन् ।