लुम्बिनी प्रदेशमा कोरोना संक्रिय रोगी ७०० भन्दा कम
दाङ, २४ पुस ।
लुम्बिनी प्रदेशमा अहिले कोरोनाकासकृय संक्रमितको संख्या साढे ७ सयमा झरेको छ । प्रदेशको जनस्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार अहिले ७ सय ७६ जना सकृय संक्रमित रहेका छन् ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा २३० जना र रुकुम पूर्वमा सबैभन्दा कम ३ जना सक्रिय संक्रमित रहेका छन् । दाङमा अहिले ९९ जना सक्रिय संक्रमित रहेका छन् ।
बाँकेमा १०६, कपिलवस्तुमा ५, पाल्पामा ८६, गुल्मी र प्युठानमा १०÷१० जना, अर्घाखाँचीमा ३, बर्दियामा ५३, नवलपरासी पश्चिममा ५२ र रोल्पामा ४ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा अहिलेसम्म २६ हजार ४४५ जनालाई संक्रमण देखिएको र २५ हजार ३ सय १० जना संक्रमणमुक्त भइसकेका छन् । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ सय ५६ जनाको मृत्यु भएको छ ।