लुटपाट शैली : यात्रु बनेर अटोमा चढे, बीच बाटोमा खुकुरी प्रहार गरे
तुलसीपुर, १२ पुस ।
दाङको तुलसीपुरमा शनिबार राति २ बजेतिर अटोमा चढेका यात्रुहरुले चालकमाथि खुकुरी प्रहार गरि लुटपाट गरेका छन् । पश्चिमबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह २५४६ नम्बरको अटोलाई अपरिचीत ४ जनाको समूह अटोमा बसेर आधा बाटो गएपछि चालकलाई नै खुकुरी प्रहार गरि २५ सय रुपैँया लुटपाट गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरी क्षक शिव बहादुर शिंहले बताए । उनका अनुसार महेन्द्र माध्यामिक विद्यालय नजिक लगेर अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. २ खैरीपुर निबासी २६ बर्षका तेज बहादुर नेपालीलाई खुकुरी प्रहार गरेर लुटपाट गरी उनीहरु फरार भएका हुन् । फरार रहेकाको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि डिस्र्चाज भएका छन् । प्रहरीले अटो रिक्सालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।