‘लैंगिकमैत्री बजेट निर्माणमा ध्यान दिनुपर्छ’

तुलसीपुर,७ पुस ।

तुलसीपुरमा लैंगिकमैत्री बजेट विनियोजनको लागि पालिकाले गरेका प्रयास तथा अबको योजना सम्बन्धि सम्वाद भएको छ । जिल्ला स्तरीय बाल सञ्जाल दाङको आयोजना, महिला पुनस्थापना केन्द्र ( ओरेक) दाङको सहकार्य तथा तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो । सञ्जालका जिल्ला उपाध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले अहिले लैगिकमैत्री बजेट आउन नसकेको बताईन् । बजेट आएपछि कार्यान्वयनमा समस्या रहेको उनको भनाई थियो ।

लैगिकमैत्री बजेटकालागि तथ्यांक संकलन गर्ने कार्य गरिरहेको समेत उनको भनाई छ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख विष्णुकुमारी आचार्यले समावेशी विकासमा जोड दिनुपर्ने बताईन् । उनले सूचकका आधारमा लैंगिकमैत्री बजेट बिनियोजन गर्नुपर्ने बताईन ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन शाखाका प्रमुख ओमप्रकाश नयौपानेले अहिलेको स्वास्थ्यको बजेट लंैगिकमैत्री भएको बताए ।

त्यस्ूतै विपद व्यबस्थापन शाखा प्रमुख भीम खत्रीले उपमहानगरपालिकामा अहिले विपदको एक करोडको कोष भएको बताए । आबश्यक परेमा त्यही कोषबाट बजेट बिनियोजन गर्ने समेत बताए ।

महिला तथा वालवालिका शाखा अधिकृत माया श्रेष्ठले हिंसाले विकासमा समेत असर गर्ने भन्दै लैंगिकमैत्री बजेट विनियोजन संगै कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने बताईन् ।

ईशा वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण शुष्मा लामिछानेले गरेकी थिईन् । त्यस अवसरमा सरोकारवालाको सहभागिता रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर