सीडको प्रभाव : सुध्रिदै विद्यालय, सशक्त बन्दै ‘रिफ्लेक्ट’ समूह
तुलसीपुर, ६ पुस ।
समाजमा वातावरणीय शिक्षाको विकास (सीड)ले पश्चिम दाङमा दुई बर्ष विद्यालय र पिछडिएको समुदायकालागि काम ग¥यो । त्यसको संयुक्त लेखाजोखा आइतबार अनुगमन मार्फत ग¥यो । शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिका कार्यक्षेत्र भएको उक्त संस्थाले कार्यक्रम सञ्चालन गरेका तीन वटा विद्यालय र तीन वटा ‘रिफ्लेक्ट’ समूहको अनुगमन गरेको हो । अनुगमनका क्रममा सीडको पहलमा विद्यालयहरुको भौतिक तथा शैक्षिक स्तर बृद्धि भएको पाईयो । शान्तिनगर गाउँपालिका वडा नं. ७ स्थित मावि तुलसीपुरमा सीडले खानेपानीको समस्या पहिचान गरि ट्याङ्की निर्माणमा आर्थिक सहयोग गरेपछि अहिले सहज भएको छ । शिक्षकलाई पटक–पटक अभिमुखिकरण तालीम प्रदान गरेकाले आफूहरुले त्यहाँबाट धेरै कुरा सिक्ने अबसर पाएको विद्यालयका प्रधानाध्यापक गोविन्द बहादुर घर्तीले बताए । उनले भने‘निदाएका शिक्षकलाई सीडले व्यूताएको छ ।’
उनले विद्यालयमा विद्यार्थी बस्नकालागि पनि समस्या भएको अबस्थामा सीडले सहयोग गरेको बताए । टेबल, रजिष्ट्ररहरु, वालक्लबलाई शसक्त बनाउने सामग्री प्रदान गरेपछि सहज भएको आदर्श आधारभूत विद्यालयका प्रधानाध्यापक विनोद डाँगीले बताए । विद्यालयलाई खेलकूदका सामग्री समेत सहयोग हुने गरेको भन्दै यसले विद्यार्थीहरुलाई खेलकुदमा पनि सहज भएको उनको भनाई थियो । त्यस्तै वालकल्यान आधारभूत विद्यालय पेदाका प्रधानाध्यापक ओपेन्द्र बहादुर केसीले पनि सीडको सहयोगले गर्दा विद्यार्थीको शैक्षिक स्तर समेत बृद्धि भएको बताए । सहज पठन पाठनकालागि बिभिन्न सामग्री सहयोग गरेपछि विद्यालयलाई निकै फाइदा पुगेको उनको भनाई थियो । सीडले विद्यालयलाई मात्रै नभई समुदायलाई विद्यालयसंग जोड्ने कार्य पनि गरेको छ । अहिले गाउँ–गाउँमा अभिभावकलाई सशक्त बनाएर विद्यालयलाई पठनमैत्री वातावरण बनाउने कार्य भइरहेको छ । शान्तिनगर गाउँपालिका वडा नं. १ मा स्थापना गरिउको नवसोँच रिफ्लेक्ट समूहका अध्यष दिवकला मगरले भनिन्‘हामीले अहिले गाउँको विद्यालयमा शिक्षा आए÷नआएको, शिक्षकले पढाएको÷नपढाएको, विद्यार्थीको अबस्थाका बारेमा अनुगमन हेर्ने गरेका छौं ।’ साथै रिफ्लेक्ट समूहले गाउमा हुने हरेक हिंसा न्यूनिकरण गर्न मद्दत गरेको, वाल विवाह रोकेको समेत बताईन् । त्यस्तै शान्तिनगगर गाउँपालिका वडा नं. ५ मा रहेको जागरण रिफ्लेक्ट समूहले पनि महिला सशक्तिकरणका कार्यक्रम गरिरहेको छ । सीडका सामाजिक परिचालक सीता चौधरीले भनिन्‘अहिले महिलाहरुले गाउँपालिकामा गएर बजेट माग्ने देखि आफ्ना अधिकार पूर्ण रुपमा प्रयोग गर्ने सम्म भएका छन् ।’
शान्तिनगर गाउँपालिका वडा नं. १ स्थित रबर रिफ्लेक्टले पनि समुदायमा हुने हरेक हिंसालाई न्यूनिकरण गर्न निकै मद्दत पु¥याएको सामाजिक परिचालक शारदा बस्नेतले बताईन् ।
सीडका कार्यक्रमले गर्दा विद्यालयको हरेक क्रियाकलापमा सहज भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । त्यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले पनि शिक्षा क्षेत्र सुधार आबश्यक भएको भन्दै गैरसरकारी संस्थाको तर्फबाट पश्चिम दाङले सीडले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।
त्यस अवसरमा सीडका कार्यकारी निर्देशक भागीराम चौधरीले सीडले दुई बर्षमा शिक्षा क्षेत्रमा धेरै राम्रा कामहरु गरेको बताए । उनले सन २०२१ देखि थप नयाँ कार्यक्रम लिएर संस्थाले पश्चिम दाङमा कार्यक्रम सञ्चालन गर्ने बताए ।
सीडका अध्यक्ष राममोति चौधरीको अध्यक्षतामा भएको कार्याक्रममा सीडका कार्यक्रम संयोजक माधवराज चौधरी, शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष मिथिला शाह, दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पीमा कुमारी खड्कासहित शान्तिनगर र दंगीशरण गाउँपालिकाका वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
सीडले पश्चिम दाङको शान्तिनगर , दंगीशरणका ३७ विद्यालयमा कार्यक्रम चलाएको थियो । साथै कोरोनाको महामारीकाबीच यी दुई गाउँपालिकाका दुईसय जनालाई राहात समेत वितरण गरेको थियो । आईएम नेपालको सहकार्यमा कार्यक्रम गरेको हो ।