पछिल्लो २४ घण्टामा थप ७१० जनामा संक्रमण पुष्टि
४ पुस, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८ हजार ८४० संक्रिय संक्रमित छन् ।