लुम्बिनी प्रदेशको राजधानी अन्तराष्ट्रिय स्तरमै नमूना बनाउन चाहान्छौं : मुख्यमन्त्री पोखरेल

तुलसीपुर, २५ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी मुकाम अन्तराष्ट्रिय स्तरमै चर्चा कमाउने गरि संरचना निर्माण गर्न थालिएको बताए ।

दाङ देउखुरी स्थित राप्ती गाउँपालिकाको दोलई खोलामा निर्माण हुन लागेको पुल सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने‘नेपालमा मात्रै होइन्, अन्तराष्ट्रिय स्तरमै सुन्दर राजधानी लुम्बिनी प्रदेशको छ, भन्ने बनाउन चाहान्छौं ।’

प्रदेशको स्थायी राजधानीकालागि गुरुयोजना बनाएर ब्यबस्थित सहर बनाउने तयारी थालिएको भन्दै यहाँका स्थानीय त्यसमा पूर्ण सहयोग गर्नुपर्ने समेत उनले बताए । गुरु योजना निर्माण भएपनि विकास सबै गुरुयोजनाले नै गर्ने भन्दै सडक, पुल, तटबन्ध बनाउने विषयमा कुनै चिन्ता नहुँने समेत उनको भनाई थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर