अपाङगता सशक्तिकरण केन्द्रले अभिभावक बिहिन बालबालिकालाइ खाद्यान्न र जाडोको लागि गलबन्धी सहयोग
बसन्ती ओलि ।
मंसिर २३ दाङ ।
शान्तिनगर गाउपालिकामा रहेको अपांगता शसक्तिकरण केन्द्र नेपाल सस्थाले बार्षिक उत्सकको अवसर पारि आज झण्डै १२ हजार मूल्य बराबरको सहयोग गरेको हो । तुलसीपुर दिदि घरमा रहेका अभिभाबक बिहीन बालबालीकाहरुका लागि गोरखदेबी ठकुुरीनि स्मृति प्रतिष्ठान नेेेपालगञ्जले उपलब्ध गराएको चामल,तेल,दाल,चिउरा,नून,जाँडोमा लगाउने गलबन्दी लगायतका उपभोग्य बस्तु सहयोग गरिएको हो। दिदी घर नामक सस्था चलाएकि स्यानी चौधरीले गतबर्षदेखि अभिभावक बिहिन 10 जना बालबालिका राखी पालन पोषन गर्दै अभिभावकको भुमिका निर्बाह गरेको बताइन। पश्चिम दाङको बिकट स्थानामा अपाङगता सशक्तिकरण केन्द्र स्थापना गरिएको बताउदै अध्यक्ष रजनी शाहले भन्नुभयो,अपाङता भएका ब्यक्तिहरुको सशक्तिकरणका लागि संस्थाको नेतृत्व गर्ने भएपनि अभिभावक बिहीन बालबालिकाहरु सहयोग गर्न पाउदा खुशी लागेको छ । प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेत र बिशिष्ठ अतिथि तुलसीपुर उपमहानगरपालिकाका सामाजिक बिकास शाखाका अधिकृत माया श्रेष्ठले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दिदि घरको संस्थागत बिकासका लागि योजना बनिरहेको बताउनुभयो । सो अवसरमा अपाङगता सशक्तिकरण केन्द्रका सल्लाहकार सुमन गौतम,अपाङग समाज सुधार केन्द्रका अध्यक्ष हुमकान्त कँडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संंस्थाका उपाध्यक्ष गुरुप्रसाद लामिछानेले र सहजिकरण सचिब टिकाराम वलीले गर्नुभएको थियो ।