नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि
मंसीर १४, दाङ ।
नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परिक्षण गर्र्दा १२५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । आज मात्रै १ हजार ४०४ जना निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट निकाे हुनेकाे दर ९१ प्रतिशत रहेकाे छ।