भीडन्तमा परि दाङका केसीको जम्मु कश्मीरमा मृत्यु
दाङ १२ मंसिर ।
भारतको जम्मु कस्मीरमा भएको भिडन्तमा दाङका एक युवकको मृत्यु भएको छ । भिडन्तमा परेर आज बिहान ५ बजे तुलसीपुर उपमहानगरपालिक वडा नं. ९ बेलुवा निवासी 30 बर्षीय प्रेम केसीको मृत्यु भएको हो । मृतक केसी विगत १४ वर्ष देखि इन्डियन आर्मीको रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले बताएको छ । नाता पर्ने उनका दाजु तुलसी केसीका अनुसार शब लिन उनका आफन्त जम्मु कश्मीर पुगेका छन् ।