गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि
तुलसीपुर, ९ मंसीर ।
कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिनदेखी रुघाखोकी र ज्वरो आएपछि कोरोना परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको अध्यक्षले फेसवुक मार्फत जानकारी दिएका छन् ।
‘एक हप्तादेखि टायडफाइड, रुघाखोकी र ज्वरोबाट ग्रसित छु । पीसीआर गर्दा पोजेटिभ आएकाले मेरो सम्पर्कमा आएका सबैलाई सुरक्षीत हुन अनुरोध गर्दछु ।’ अध्यक्षले आफ्नो फेसवुक वालमा लेखेका छन् ।