जैविक विविधता संरक्षण सम्बन्धि चेतना आवश्यक : अपार
तुलसीपुर, ८ असोज ।
राष्ट्रियसभा सदस्य तथा दिगो विकास एवं सुशासन समिति सदस्य जगप्रसाद शर्मा ‘अपार’ले जैविक विविधता संरक्षण सम्बन्धि चेतना आवश्यक रहको बताएका छन् । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजनामा भएको कार्यक्रममा उनले गर्व, खुशी, चित्त र गौरवका साथ सामुदायिक वनको संरक्षण गर्नका लागि मान्छेमा चेतना जगाउनु पर्ने बताए ।
त्यस्तै उनले जैविक विविधता संरक्षण र सामुदायिक वनबीच हड्डी र मासु जस्तै सम्बन्ध रहेको बताए । जैविक विविधता संरक्षण गर्नमा सामुदायिक वन बिना सम्भव नरहेको अपारको भनाई छ ।
पर्यावरणीय दियो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा फरेष्टर सव–डिभिजन वन कार्यालय बिजौरीका विरजंग वली, नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपाली, वडा नं. १८ का वडा सदस्य शितल बुढा मगर, साक्षीखबर पत्रिकाका सम्पादक राकेश बस्नेत लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । ९ वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रका कार्यक्रम संयोजक दिपेन्द्र लामिछानेले गरेका थिए ।