उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण पुष्टि
मंसिर ४, दाङ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन् ।
यस्तै देशभर भने पछिल्लो २४ घण्टामा ८६४ महिला र १ हजार २३९ पुरुषसहित थप २१०३ जना संक्रमित थपिएका छन् । यस्तै २ हजार ८५८ संक्रमणमुक्त भएका छन् ।
यस्तै १७ जनाको मृत्यु भएको छ । हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० जना र निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना रहेको छ ।