४ नं. वडा कार्यालय सिल
तुलसीपुर, १३ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ को कार्यालयलाई सिल गरिएको छ । वडामा कार्यरत एक महिला कर्मचारीलाई कोरोना देखिएपछि ३ दिन कार्यालय सिल गरिएको हो । तुलसीपुर ७ निवासी ति महिलालाई कोरोना देखिएपछि आजदेखि विहीबार सम्मकालागि वडा कार्यालय सिल गरिएको वडाध्यक्ष बालकृष्ण राणाले बताए । उनका श्रीमानमा यस अघि कोरोना देखिएको क्लोज कन्ट्याक्टका आधारमा स्वाब परीक्षण गर्दा उनमा पनि कोरोना देखिएको हो ।