आजदेखि मौसममा सुधार आउने पूर्वानुमान
घोराही, १०असोज ।
केही दिनदेखि बदली हरदै आएको मौसम अब खुल्दै जाने मौसमविदले जनाएका छन् । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले आजदेखि मौसममा सुधार आउने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको छत्तीसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यूनचापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो ।
केही दिनयता परेको वर्षाले देशका विभिन्न स्थानमा क्षति पु¥याएको छ ।
मौसमविदहरूले आजदेखि केही क्षेत्रमा मौसम खुले पनि मनसुन सकिन अझै केही दिन लाग्ने बताएका छन् ।
आज कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।