तुलसीपुरमा ‘रे जेठआर’ १२५ सीसीको स्कुटर लञ्च
तुलसीपुर, ८ असोज ।
तुलसीपुरमा यामाहाको ‘रे जेठआर’ १२५ सीसीको स्कुटरको लञ्च गरिएको छ । यामाहाको तुलसीपुर स्थित आधिकारिक बिक्रेता ड्रिमल्याण्ड ट्रेडर्स प्रालिले विहीबार एक कार्यक्रम गरि स्कुटरको लञ्च गरेको हो । उक्त स्कुटरमा स्मार्ट मोटर जेनेरेटर सुविधा छ । जसले गर्दा किक हान्नु पर्ने समस्या रहदैन् । त्यस्तै पछाडीको ब्रेक लगाएपछि अगाडीको ब्रेक आफै लाग्ने, ५०÷५५को माइलेज दिने, साईड स्टेन भएकाले स्टेन लाग्दासम्म स्कुटर स्टार्ट नहुँने भएकाले दुर्घटनाको जोखिम पनि नहुँने प्रालिका सञ्चालक राजेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार यदि स्कुटर स्टार्ट हुँदाहुँदै स्टेन लागेमा स्कुटरको स्टार्ट आफै बन्द हुन्छ । उक्त स्कुटरकमा ५.२ लिटर अट्ने ट्याङ्की रहेको, मोवाइल चार्जिङको व्यबस्था भएको, ईञ्जिनलाई आबश्यक अनुसार मात्रै पेट्रोल लाग्ने भएकाले खपत पनि हुने उनले बताए । दुईलाख ५४ हजार नौ सय रुपैँया मूल्य रहेको उक्त स्कुटर दशै तिहारमा पाँच हजार छुटको व्यबस्था रहेको छ । साथै ८ हजार ‘क्यास डिस्काउन्ट’ रहेको छ । साथै आधा पैसा बुझाएपछि फाईनान्सको समेत व्यबस्था रहेको छ ।
उक्त स्कुटरको तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले लञ्च गरेका थिए । त्यस अवसरमा उनले तुलसीपुरमा नयाँ स्कुटर भित्रिनु सकारात्मक कार्य भएको बताए । त्यस अवसरमा तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब रुपबहादुर खत्री, सह–कोषाध्यक्ष देवबहादुर केसी, सदस्य टेकप्रसाद केसीलगायतको सहभागिता थियो । साथै घोराहीमा पनि उक्त स्कुटरको लञ्च गरिएको छ ।