११७२ जनामा कोरोना संक्रमण पुष्टि, १८९३ संक्रमण मुक्त
७ असोज, दाङ ।
पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । बुधबार थप ७ मृतकमा कोरोना पुष्टि भएको छ। यी सहित हालसम्म मृतक ४३६ जनामा कोरोना पुष्टि भएको छ।