मंगलवार विभिन्न दुर्घटना हुँदा तीन जना घाइते

तुलसीपुर, ७ असोज ।

दाङका विभिन्न ठाउँमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मंगलबार साढे २ बजे तिर तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनी स्थित घोराहीदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा ३ प ६३७८ को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा ११ च ५८२३ को स्कारपियो एक आपसमा ठोकिक्दा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर निवासी २५ बर्षीय मान बहादुर वली घाइते भएका छन् ।

प्रदेश नं. ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रवक्ता राजकुमार वैदवारका अनुसार दुवै सवारी साधन नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान भैरहेको छ ।

त्यस्तै, घोराही उपमहानगरपालिका –१७, कर्जाही स्थित रा ४ प ३४२ नं. को मोटरसाइकलले सोही ठाउँ बस्ने स्याली चौधरीको ७ बर्षीया छोरी र सोही ठाउँ निवासी शंकर प्रसाद चौधरीको ८ बर्षीया बालिकालाई ठक्कर दिँदा घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । मोटरसाइकल र चालक दुवैलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान गर्दैछ । दुर्घटना मंगलबार ४ बजेतिर भएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर