नेपालमा प्याजको मुल्य ह्वात्तै बढ्यो
भदौ ३० दाङ ।
भारतले सबै प्रकारको प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । प्याज निर्यात सम्बन्धि नियमलाई संशोधन गर्दै भारतले बंगलोर रोज प्रजातिबाहेकका अन्य प्याज निर्यातमा रोक लगाउने निर्णय गरेसंगै नेपाली बजारमा प्याजको मुल्य ह्वात्तै बढेको छ । भारतले हरेक चाडपर्वको बेला प्याज निर्यातमा रोक लगाउदै आएको छ । गत वर्ष पनि यसरी नै रोक लगाउदा प्याजको मूल्य २४० रुपैयाँ सम्म पुगेको थियो अहिले नेपाली बजारमा प्याजको मूल्य ८० देखि ९० सम्म पुगेको छ ।
भारतमा एक महिनाभित्रमै प्याजको भाउ तीन गुणासम्म महँगो भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दक्षिण एसियामा भारत सबैभन्दा बढी प्याज उत्पादन गर्ने मुलुक हो । नेपाललगायत बंगलादेश, श्रीलंका र मलेसिया भारतीय प्याजमै निर्भर रहेका छन्