११७० जनामा कोरोना संक्रमण पुष्टि,
दाङ, २९ भदौ ।
पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा ३९९ महिला र ७७१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये ३६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामात्रै ८७९ जना डिस्चार्ज भएका छन् ।
हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।