भाँचिएको लिंगको अप्रेसन सफल

तुलसीपुर, 29 भदौ ।

तुलसीपुरको सीटी हस्पिटलमा जटिल प्रकृतिको अप्रेसन सफलतापुर्बक सम्पन्न भएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ निवासी २६ वर्षीय एकजना युवकको लिंग भाचिएपछि उनलाई तत्काल हस्पिटल पु¥याईएको थियो ।

यौन सम्पर्क गर्नेक्रममा उनको लिंग भाचिएको थियो । समयमै हस्पिटल पु¥याएपछि चारघण्टा लामो अप्रेसन पछि उनको लिंग जोडिएको हो ।

सर्जन डाक्टर सुशिल खनिया, एनेस्थेसिस्ट डाक्टर रुपेस महतो, डाक्टर वसन्त डाँगी स्टाफ नर्स तनिसा गौतम लगायत को स्वास्थ्य कर्मिको टीमले सफलतापुर्वक सल्यक्रिया गरेको थियो ।

यस अघि पनि हाडजोर्ने,स्त्रि रोग सम्बनधि, लगायतका अप्रेसनहरु दिनहु सफलतापुर्बक सम्पन्न हुदै आएको हस्पिटलका प्रवन्ध निर्देशक हेम राज बस्नेतले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर