रुसले विकास गरेको कोरोनाको खोप सकारात्मक

काठमाडौं, २० भदौ ।

कोरोना भाइरस संक्रमण विरुद्ध रुसले विकास गरेको खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले प्रकाशित गरेको प्रतिवेदनमा जनाइएको छ ।

१८ देखी ६० वर्ष उमेर समुहका ३८ जनामा खोप दिइएको र त्यसको ३ साता पछि उनीहरुको शरीरमा बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास भएको बीबीसीले जनाएको छ । तथापी, खोप दिइएका सबै जनामा सामान्य रुपमा टाउको तथा जोर्नी दुख्ने समस्या देखिएको थियो ।

सो खोपको तेस्रो चरणको परिक्षणका लागि ४० हजार जनालाई सहभागी गराइंदैछ । खोपको तिव्र विकासमा अघि बढेको रुसप्रति पश्चिमा राष्ट्रले चासो राख्दै हतारको कदम भएको संज्ञा पनि दिएका छन् । गत महिना रुसका राष्ट्रपति भ्याल्दिमिर पुटिनले आफ्नो छोरीलाई समेत भ्याक्सिन दिइएको बताएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर