दाङमा आज एकै दिन ३७ जनामा कोरोना पुष्टि
दाङ, २० भदौ ।
दाङमा आज एकै दिन ३७ जनामा कोरोना संक्रमण देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरका १८ र घोराहीका १८ र शान्तिनगरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा १९ जना पुरुष र १८ जना महिला रहेका छन् । यससंगै दाङमा कुल संक्रमितको संख्या ८४३ पुगेको छ ।