‘यो वर्ष पाठ्यक्रमका सबै विषय पढाइ हुँदैन’

काठमाडौं, १९ भदौ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नोवेल कोरोना भाइरसले गर्दा यो वर्षको पाठ्यक्रम खुम्च्याईए (कस्टमाइजेसन)को बताएका छन् । शैक्षिक सत्रको साढे चार महिना बितीसकेकाले पाठ्यक्रममा अत्यावश्यक बाहेकका विषयवस्तु पढ्न नपर्ने उनले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।

शैक्षिक क्यालेन्डर अनुसार १९० दिन वा १०२४ घण्टा पढाइ हुनुपर्दछ । पाठ्यक्रम घटाएपछि भने यो मापदण्ड लागू हुँदैन । अत्यावश्यक कुरा मात्रै राखेर पाठ्यक्रम बनाउन विषयगत टोलीहरूले कार्य प्रारम्भ गरिसकेको पनि उनले जानकारी दिए ।

मन्त्री पोखरेलले विद्यार्थी विद्यालयसम्म जाने अवस्था नरहेकाले शिक्षक नै विद्यार्थीसम्म पुग्नुको विकल्प नरहेको बताए । घर नै शिक्षालय भन्ने मान्यतालाई सबैले आत्मसात गर्नुपर्नेमा मन्त्री पोखरेलको जोड छ । महामारीका कारण घरमै बस्न बाध्य आफ्ना बालबालिकाहरुलाई नियमित पठनपाठनमा सरिक गराउन अभिभावकले भूमिका खेल्नुमा पर्नेमा उनको भनाइ छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर