दाङमा ११८ केजी महिलाको पाठेघरको अप्रेशन

दाङ, १८ भदौ ।

घोराहीको बुद्ध ईन्टरनेशनल हस्पिटलमा १ सय १८ केजी तौल भएकी महिलाको पाठेघरको ट्युमरको सफल शल्यक्रिया भएको छ । तौल बढि भएका कारण विभिन्न अस्पतालले गर्न नमानेको उक्त शल्यक्रिया बुद्ध ईन्टरनेशनल अस्पतालले गरेको हो ।

घोराही उपमहानगरपालिका १८ कि ५९ बर्षीया शशि सुनारको पाठेघरको ट्युमरको सफल शल्यक्रिया भएको हो । स्त्री तथा प्रशुति रोग विशेषज्ञ डा. विमला तिवारीसहितको टिमले सुनारको सफल शल्यक्रिया गरेको हो ।

डाक्टर विमला तिवारीका अनुसार मानिसको तौल धेरै भएमा शल्यक्रिया जटिल हुने बताइन् । मोटो मानिसमा बोसोको मात्रा धेरै हँुदा शल्यक्रिया जटिल हुनेगरेको उनको भनाई छ । अहिले विरामीको अवस्था सामान्य रहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर