नेपालमा थप १,१२० जनामा कोरोना सङ्क्रमण
भदाै १७ दाङ।
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप १,१२० जनामा देखिएको र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ।बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,१०८ सङ्क्रमित भएको बताए।कोरोनाभाइरसको परीक्षण शुल्क घट्यो, अब तीन खाले मानिसको मात्र निशुल्क परीक्षण नेपालमा खपत बढ्यो, तर बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन् तीमध्ये ७,६१५ जना घरमै र १०,४४३ जना संस्थागत आइसोलेशनमा छन्।अहिले काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्।सरकारको तथ्याङ्कअनुसार अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।