चन्दा उठाउँदै गर्दा विप्लवका कार्यकर्ता पक्राउ

तुलसीपुर, १६ भदौ ।

चन्दा उठाउँदै गरेको अवस्थामा विप्लव समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको सल्यान प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका युवा संगठनका जिल्ला सदस्य प्रकाश गिरी र गोरख केसी रहेको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट २३ हजार ३ सय ३० रुपैयाँ नेपाली, एक हजारको भारतीय रुपैयाँ सहित रा।४ प। ६९३८ नम्बरको मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ ।
विशेष सुचनाको आधारमा गएको प्रहरी टोलीले सल्यानको मौलाहाल्ने बजारका दुई व्यपारीसंग १५ हजार रुपैयाँ चन्दा संकलन गरेको अवस्थामा रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख खतिवडाले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर