दुव्र्यवहारप्रति शान्ति समाजको विरोध

तुलसीपुर, १३ भदौ ।

कोभिड–१९ महामारीको वेला अग्रपंतिमा खटिनेहरुलाई देशका बिभिन्न ठाउमा हुने गरेको दुव्र्यवहारका विरुद्ध मानव अधिकार तथा शान्ति समाज दाङले प्रदर्शन गरेको छ । कोरोनासंग लड्न अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी संचारकर्मीलाई विभिन्न आरोप लगाई देशका विभिन्न ठाउमा दुव्र्यवहार गरेको भन्दै त्यसका विरुद्ध शान्ति समाजले देशव्यापी रुपमा आन्दोलन सुरु गरको हो ।

साथै कोभिड वाट संक्रमित व्यक्ती र उसका परिवारलाई पनि समुदायमा दुव्र्यवहार गर्ने गरेकोले पनि यस्ता गतिविधी गर्न नहुँने भन्दै विरोध पर्दशन गरिएको मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले बताए ।

मानव अधिकार तथा शान्ति समाजका कार्यवहाक सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको प्रदर्शनमा महासचिव बस्नेतले महामारीको अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी , संचारकर्मीलाई, विविन्न आरोप लगाई देशका विभिन्न ठाउमा दुव्र्यवहार गरेको प्रति दुःख व्यक्त गरे ।

यस्तै सुशासन समितिका विभागीय संयोजक निर्मल नेपालीले पनि दुव्र्यवहार प्रति असन्तुष्टि जनाए ।

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका कोषाध्यक्ष अमृतकाजी शर्माले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सहसचिव उषा गौतमले गरेकी थिईन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर