तुलसीपुरका ७ जना सहित दाङमा १९ जनामा कोरोना संक्रमण पुष्टि
दाङमा तुलसीपुरका सात जना सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राप्ती स्वास्थय विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणमा १२ पुरुष र ७ जना महिला गरी १९ जनामा कोरोना संक्रमण देखीएको हो । कोरोना आसंकामा तुलसीपुर बाट संकलन गरिएको ५० जनाको कोरोना परिक्षण गर्दा ९ जनाको रिपोट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । जसमा सात जना तुलसीपुरका रहेका छन् भने अन्य दुई जना बाहिरका रहेका छन् ।
जसमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का ३२ र ३७ वर्षका दुई जना पुरुष , वडा नम्वर ६ का ३५ र ४१ वर्षका दुई पुरुष , वडा नम्वर ९ का ५६ वर्षका एक जना र वडा नम्वर १९ का ३५ वर्षिय एक जनामा कोरोना संक्रमण भएको प्रतिष्ठान जनाएको छ । ती मध्ये राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुई जना चिकित्सकमा समेत कोरोना देखीएको जनाईएको छ । यस्तैगरी तुलसीपुरबाट स्वाव संकलन गरिएका घोराही १५ का ३२ वर्षका एक पुरुष र चितवन भरतपुर महानगरपालिका ५ घर भएका २६ बर्षिय एक जनामा संक्रमण पुष्टि भएको छ ।