परिवार नियोजन संघको ‘हेल्पलाइन’ सेवा शुरु

दाङ, ११ भदौ ।

नेपाल परिवार नियोजन संघले प्रजनन स्वास्थ्य सम्बन्धी हेल्पलाइन सेवा शुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको वर्तमान अबस्थामा कुनै पनि सेवाग्राही यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले हेल्पलाइन सेवा सुरुवात गरेको छ । संघले सेवाको पहुँचबाट बन्चित, सिमान्तकृत समुदाय, यौन तथा लैङ्गिक अल्पसंख्यक, यौनकर्मी महिला, एच.आई.भि. एड्स संक्रमित तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सधै निःशुल्क रुपमा सेवा उपलब्ध गराउदै आइरहेको छ ।

कोरोना भाइरस संक्रमणको महामारीको बेलामा सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, नवजात शिशु तथा बाल स्वास्थ्य, एच.आइर्.भि. एड्स, यौन संक्रमण लगायत स्वास्थ्य सम्बन्धी परामर्श तथा सेवाहरुलाई सबै माझ पु¥याउनका लागि निःशुल्क हेल्पलाइन नम्बर १६६००१४५००० को व्यवस्था गरिएको छ । अहिलेको अबस्थामा हिड्डुल गर्न सहज नभएकोले सेवाग्राही जुन स्थानबाट टेलिफोन सम्पर्क गर्छन त्यही पाएक पर्ने ठाउँका सेवा प्रदायक र सेवा केन्द्रहरुमा हेल्पलाइन मार्फत कल ट्रान्सफरको माध्यमद्वारा विशेषज्ञ चिकित्सकहरु सगं आवश्यक सेवा र परामर्श सेवा लिन सकिने व्यवस्था मिलाइएको कुरा नेपाल परिवार नियोजन संघका निमित्त महानिर्देशक सुभाष श्रेष्ठले जानकारी दिए ।

उक्त सेवाका लागि बिहान ९ बजे देखि दिउँसो ५ बजेसम्म हेल्पलाइन नम्बर १६६००१४५००० मा सम्पर्क राखी सेवा लिनका लागि सबैमा निमित्त महानिर्देशक श्रेष्ठले अनुरोध समेत गरेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर